८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुशासन र विकास सरकारको मुख्य प्राथमिकता छ : प्रधानमन्त्री ओली


195
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्दै विकास निर्माणको गति बढाउने ध्याउन्नमा सरकार अगाडि बढिरहेको बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै यसअघिको सरकारले मुलुकको अर्थतन्त्र खोक्रो बनाएको आरोप लगाउनुभयो । उहाँले देशभर ७ हजार योजना रहेकोमा प्रचण्ड नेतृत्वको सरकारले ११ हजार योजना थपेर १८ हजार पु¥याएको उल्लेख गर्नुभयो ।

यस वर्षभित्र मुलुकको अर्थतन्त्रलाई ट्र्याकमा ल्याइसक्ने प्रधानमन्त्री ओलीको दाबी छ ।