८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान कार्ययोजना सबैको साझा बन्छ : वनमन्त्री ठकुरी


351
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी ३.०)को कार्य योजनालाई सबैको साझा बनाउने गरी तयारी गरिरहेको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसद्वारा सोमबार काठमाडौंमा आयोजित जलवायु परिवर्तन, न्यायोचित रूपान्तरण, एनडीसी ३.० सम्बन्धी नीति संवादमा वनमन्त्री ठकुरीले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै जाने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने महत्वपूर्ण लक्ष्य रहेको बताउँदै त्यसबाट हुनेसक्ने असरप्रति सरकार संवेदनशील भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई न्युनिकरण र कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने प्रक्रियाको तयारी गर्दै जाँदा श्रमिक वर्गलाई पर्न सक्ने रोजगारीको जोखिमप्रति सबै क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो ।

वनमन्त्री ठकुरीले शाहीले सबै विषयहरूलाई ध्यानमा राखेर एनडीसीलाई पूर्णता दिइने धारणा राख्नुभयो ।