९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रधानमन्त्री बन्नेहरुलाई काम गर्न नसके कान समातेर उठबस गर्ने बाचा खुवाउनुपर्छ : वामदेव गौतम


689
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले यस्तो बताउनुभएको हो । उहाँले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनावद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गर्नुभयो । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उहाँको भनाइ छ ।

गौतमले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले छलफलमा प्रधानमन्त्री बन्नेहरुलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने बाचा खुवाउनुपर्ने तर्क गर्नुभयो ।

व्यक्तिगत जमिन राख्ने व्यवस्था सदाका लागि अन्त्य गर्नुपर्ने गौतमको जिकिर छ ।