
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रमअनुसार कम्प्युटर लगायतका शैक्षिक सामाग्री वितरण गरिएको मन्त्रालयका उपसचिव प्रकाश आचार्यले बताउनुभयो । उहाँका अनुसार झापा, तेह्रथुम, धादिङ र ताप्लेजुङका १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
उपसचिव आचार्यले १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई चालु आर्थिक वर्षमा १० वटा डिजिटल बोर्ड, १४ वटा कम्प्युटर, २ वटा प्रिन्टर र ४ वटा सिसिटिभी क्यामेरा वितरण गरिएको जानकारी दिनुभयो ।
झापाको दमकमा वितरण गरिएका शैक्षिक सामग्रीहरु विद्यालयमा पुगेर जडानको क्रममा रहेको उपसचिव आचार्यले बताउनुभयो । यस वर्ष शैक्षिक सहायता सामग्री वितरण गर्न ३० लाख बजेट विनियोजन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्