९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पूर्वराजा शाहमाथि प्रधानमन्त्री ओलीको आरोप – टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्


2.782k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ०५८ मा राज्य सत्ता हातमा लिँदा टेलिफोनको तार अहिलेसम्म फिर्ता नगर्नुभएको आरोप लगाउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्य सत्ता हातमा लिँदा सञ्चार गृहमाथि गोली तेस्र्याएको र टेलिफोनको तार समेत काटेर लगेको र अहिलेसम्म फिर्ता नगरेको आरोप लगाउनुभयो । उहाँले पूर्वराजा शाहलाई मूर्खको संज्ञा दिँदै उहाँले विगतमा फालिसकेको र सयाँै वर्ष देशलाई अन्धकारमा राखि जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु फेरि सल्बलाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले फेरि प्रतिगमन गरेर आउने आँट कस्तो होला रु भन्दै प्रश्न समेत गर्नुभयो । पूर्वराजाप्रति लक्षित गर्दै उहाँले २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने रु भन्दै प्रश्न गर्नुभयो । २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने रु महाराजधिराज भएर बस्ने रु हामीलाई हुकुम दिने रु प्रधानमन्त्री ओलीको प्रश्न छ । चैत्र १५ गते पैसा तिरेका गुण्डाहरु शहर ल्याएर उपद्रो मच्चाएको आरोप लगाउनुभयो । टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो, कस्तो मूर्ख होला, लाइन काटेपछि त सकियो नि प्रधानमन्त्रीको भनाइ छ । नेकपा एमाले जस्तो शक्तिको गर्जन नपुगेर सल्बलाएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनतालाई धेरै अवमूल्यन गर्नेकुरा सह्य नहुने चेतावनी दिनुभयो ।