
काठमाडौं । पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको बताउनुभएको छ ।
थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री डा. राणाले यस्तो बताउनुभएको हो । उहाँले सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
परराष्ट्रमन्त्री राणाले भूपरिवेष्ट्रि तथा ९२ साना राष्ट्रहरु सम्मिलितमा बैठकमा दिगो विकासका लक्ष्यहरु हासिलका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोगका बारेमा छलफल भएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा नेपालमा हुन लागेको सगरमाथा संवादका बारेमा पनि छलपलल भएको बताउनुभयो । नेपालले व्यापारसम्बन्धी पाइरहेको सहुलियतहरु विकासिल राष्ट्रमा स्तरोन्नति भएपछि के हुन्छ भन्नेबारे पनि छलफल भएको उहाँको भनाइ छ ।
पराराष्ट्रमन्त्री राणाले सरकार परिवर्तन हुन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्ता समाचार हल्ला र मनोरञ्जनका लागि आउने गरेको बताउनुभयो । सरकार परिवर्तन हुँदैछ भनेर प्रकाशित समाचार पढेर आफू छक्क परेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्