१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सम्पदामा राजनीति नगरौं : उपप्रमुख डंगोल


1.924k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताउनुभएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र)को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स नभइ नेपाली नै सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताउनुभयो । उहाँले सम्पदा संरक्षमा गर्व गर्न लायक काम हुनुपर्ने बताउनुभयो । सम्पदाहरु नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्नेमा महानगरले जोड दिइरहेको बताउनुभयो ।

उपप्रमुख डंगोलले सस्तो टेण्डरमा सम्पदा पुनःनिर्माण गर्न दिँदा सम्पदा संरक्षणमा कठिनाइ भइरहेको बताउनुभयो ।