१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


सरकारकले प्रतिपक्षीहरुसँग प्रतिशोध साँध्यो : वर्षमान पुन


715
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गठन भएको दश महिनासम्म सरकारकले विचौलियको संरक्षण र प्रतिपक्षी दलहरुसँग प्रतिशोधन साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उपमहासचिव पुनले धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको बताउनुभयो । उहाँले सरकारले विचौलियको हितमा काम गरिरहेको छ भन्दा आफूहरुलाई सरकारबाट हट्दाको छटपटि भनियो भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षीले मात्र नभई आम नेपाली नागरिकले समेत वर्तमान सरकार दलाल, विचौलिया र स्वार्थ समूहको सरकार भनिरेको उल्लेख गर्नुभयो ।

सरकार गठनको १० महिनासम्म समेत प्रधानमन्त्री र मन्त्रीहरुको सम्पती सार्वजनिक नगरिएको भन्दै किन गाह्रो भएको हो सरकार रु भन्दै प्रश्न गर्नुभयो ।