१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छु : शिक्षामन्त्री पन्त


2.834k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षामन्त्री पन्तले सरकार शिक्षकहरुसँग वर्ता र संवादको माध्यमबाट अहिलेका समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आह्वान गर्नुभयो ।

सरकारको तर्फबाट वार्ताका लागि आफूले आह्वान गरिसकेको पनि शिक्षामन्त्री पन्तको भनाइ छ ।