
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पार्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले पुष्पकमल दाहाल प्रचण्डले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेती गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले सत्तारुढ दलहरुमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा केन्द्रित भएको उहाँको आरोप छ ।
प्रमुख सचेतक बर्तौलाले प्रचण्ड फण्डाबाहेक कांग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनैपनि समस्या नभएको दोहो¥याउनुभयो । उहाँले आफूहरु एकल बहुमतको लागि २०८४ सम्म कुर्ने र त्यतिबेलासम्म कांग्रेससँगको सहयात्रामा अगाडि बढ्ने दाबी गर्नुभयो ।
प्रमुख सचेतक बर्तौलाले शिक्षकहरुका जायज माग पूरा गर्न सरकार लागिपरेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्