
काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानूनमन्त्री सुरजचन्द्र लामिछानेले सुरक्षा निकायलाइ सबलकिरण गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ ।
शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा नुवाकोट जिल्लाको विदुरमा तीन जिल्ला (रसुवा, धादिङ र नुवाकोट)को सुरक्षा समितिसँगको छलफलका क्रममा यस्तो बताउनुभएको हो ।
तीन जिल्लासँगको समन्वयात्मक बैठक कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाइ सबलकिरण गर्न तयार रहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले आवश्यक भएका विषयहरु सम्बोधन गर्दै अघि बढ्ने गरी बजेट छुट्याउने बताउनुभयो ।
मन्त्री लामिछानेले कसैको प्रभाव र दबाबमा नरही जनताका आंकक्षा र असन्तुष्टिलाई कम गर्न जनसेवालाइ प्राथमिकतामा राखि कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले बागमती प्रदेश सरकारबाट विनियोजित लघु उद्यम कार्यक्रम, कैदीबन्दीको अवस्था र कारागारको भौतिक संरचनाबारे पनि जानकारी लिनुभयो ।
मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानूनमन्त्री लामिछानेसँगै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकरिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्