
काठमाडौं । नेपाल क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपाली क्रिकेट टोलीबारे गत वर्षदेखि नै नियालेको उल्लेख गर्दै यहाँ आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपल्ट शनिबार एक कार्यक्रमका बीच प्रशिक्षक ललाई सार्वजनिक गरेको थियो । मोन्टी देसाइको स्थानमा दुई वर्षका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षण समाल्ने उनी शुक्रबार राति मात्र नेपाल आइपुगेका हुन् ।
पत्रकार सम्मेलनमा उनले नेपालमा आफ्नो लागि चुनौती र अवसर दुवै हुने उल्लेख गरे । आफूले ठूलो टेस्ट टिमसँग पनि काम गरे पनि अब क्रिकेट विकासमा लाग्नुपर्छ भन्ने सोच राखेको उनले उल्लेख गरे । त्यसैले नेपालमा सबैभन्दा राम्रो अवसर पाउने बुझेर यहाँ आएको प्रशिक्षक ल बताउँछन् । उनले एसोसिएट टिमहरूमा नेपाल राम्रो टोली रहेको पनि उल्लेख गरेका छन् । तर नेपाललाई केही पक्षहरूको आवश्यकता छ भन्ने आफूले बुझेकेको उनले उल्लेख गरे ।
ती आवश्यक पक्षमा आपूmले योगदान गर्नसक्ने उनको विश्वास रहेको छ । गत वर्ष डालसमा नेपालले अमेरिकासँग खेल्दा उनी अमेरिकी टोलीका प्रशिक्षक थिए । त्यतिबेला उनको टोली टी ट्वान्टी श्रृंखलामा ३–० ले पराजित भएको थियो । त्यतिबेला नै नेपाली टिममा धेरै क्षमतावान खेलाडी रहेछन् भन्ने आफूले थाहा पाएको उनको भनाइ छ । साथै नेपालमा क्रिकेटप्रति धेरै प्यासन रहेको पनि आफूले थाहा पाएको उनी बताउँछन् । उनले नेपाली क्रिकेटमा नै आउनुको कारण पनि खुलाएका थिए । आपूm जे कारणले क्रिकेटमा आएको र त्यो महत्वपूर्ण पक्ष क्रिकेटप्रतिको लगाव नेपालमा रहेको पनि उनको बुझाइ छ । तर आफू कहिल्यै नेपाल आएको नआएकाले यहाँको अवस्था राम्रोसँग केही चुनौती पनि हुनसक्ने उनी बताउँछन् ।
ती चुनौती सामना गर्न उनी तयार पनि छन् । चुनौती सामना गरिएन भने करियरमा कहिल्यै विकास नहुने उनी बताउँछन् । उनले क्रिकेट खेलमा कहिल्यै पनि सिकेर नसकिने नि उल्लेख गरेका छन् । सधैं राम्रो बन्ने प्रयास गर्नुपर्ने उनले औंल्याएका छन् । त्यसैले पनि आपूm चुनौती लिन नेपाल आएको उनी बताउँछन् । नेपालमा धेरै क्षमतावान् क्रिकेटर रहेको र केही दिनमा ती ५३ जना खेलाडीहरूको प्रदर्शन देख्ने उनको विश्वास छ । अहिले क्यानले ५३ खेलाडीबाट चार टोली विभाजन गरी राखेको क्लोज क्याम्प र अभ्यास खेलप्रति उनले औंल्याउँदै यहाँबाट खेलाडीबारे जान्न मद्दत मिल्ले विश्वास व्यक्त गरेका हुन् ।
यहाँबाट राम्रो र बलियो टोली बनाउन मद्दत मिल्ने उनको विश्वास छ । यहाँबाट सिनियर मात्र होइन जुनियर खेलाडी र अर्को जेनेरेसनका खेलाडी पाउनेमा उनी बताउँछन् । अस्ट्रेलियन प्रशिक्षक लले आफ्नो र अन्य प्रशिक्षकको प्रशिक्षणशैली केही फरक रहेको पनि बताए । खेलाडीहरूले नै आफ्नो बारेमा सोचुँन भन्ने उनको बुझाइ छ । जब उनीहरू मैदान खेल्न प्रवेश गर्छन् । त्यतिबेला खेलाडी आपैmँले नै निर्णय लिन सकुँन भन्ने चाहना रहेको उनको भनाइ छ ।
यतिबेला प्रशिक्षकको भूमिका पनि नरहने उनको बुझाइ छ । यसबारे उनीहरूलाई सिकाउने उनको लक्ष्य छ । उनले नेट सेसनमा खेलाडीलाई धेरै राम्रोसँग बुझ्न नसकिने तर खेल खेलिरहेको अवस्थामा उनीहरूबारे बुझ्न थप सहज हुने बताएका छन् । त्यतिबेला उनीहरूको क्षमता मात्र होइन उनीहरूको मानसिक अवस्था र खेलप्रति खेलाडीको सचेतनाका साथै अन्य पक्षबारे बुझ्न सकिने उनी बताउँछन् ।
यो नै खेल जित्ने आधारहरू रहेको उनले उल्लेख गरेका छन् । त्यसैले अहिले ५३ खेलाडीहरूको क्याम्पमबाट उनीहरूबारे जान्न सजिलो हुनेछ । तर यसको मतलब आफूले यहाँबाट नै टोली छनोट नगर्ने उनले स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्