१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


वर्तमान सरकार विचौलियाहरुको सरकार हो : अध्यक्ष दाहाल


208
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको विचौलियाहरुको सरकार भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको सरकार गैरजिम्मेवार र सुशासन विरोधी सरकार भएको आरोप लगाउनुभयो । उहाँले अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छेले अहिलेको सरकार विचौलियाको हो भनेर स्वीकार गरिसकेको बताउनुभयो । उहाँले अहिलेको सरकारले दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने, राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

सडकमा लाखौँको संख्यामा शिक्षकहरुले आन्दोलन गरिरहँदा उनीहरुका माग पूरा गर्नुको सट्टा अहिलेको सरकार र सरकारको नेतृत्व गैरजिम्मेवार ढंगले शिक्षकहरुलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरुलाई अपमानित गर्ने काममा लागेको अरोप लगाउनुभयो ।

अध्यक्ष दाहालले शिक्षकहरुसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) शिक्षकहरुसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गर्नुभयो ।