
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोलिएका गलत कुराहरुको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ ।
शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
अध्यक्ष ओलीले संसदमा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिनुभयो । उहाँले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्न आग्रह गर्नुभयो । देश भन्दा ठूलो अरु नहुने भन्दै उहाँले देशप्रति निष्ठा नहुने तत्वहरुको मुखुण्डो उतार्नुपर्ने बताउनुभयो । देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्न, जनतालाई जागरुक बनाउने कुरामा अघि बढ्न आग्रह गर्नुभयो । उहँँले संसदमा गलत कुराहरुको तत्काल, छिटो र छरितो ढंगले प्रतिवाद गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले आज बोलिएका गलत कुराको प्रतिवाद आज नै गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्