
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा बोल्नुपर्ने विषयहरुका बारेमा आफ्ना सांसदहरुलाई विभिन्न उपदेश दिनुभएको छ ।
शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरु संसदमा कसरी प्रश्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराउनुभयो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सांसदहरुलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने तत्काल तीखो रुपमा आलोचना गर्न निर्देशन दिनुभयो ।
आज कुनै विषयमा कसैले गलत ढंगले विरोध गर्छ भने त्यसको प्रतिवाद तत्काल गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले तत्कालिन विषयमा भोलि बोल्नुको कुनै अर्थ र महत्व नहुने बताउनुभयो । अध्यक्ष ओलीले सांसदहरुले संसदमा बोल्दा मर्यादित र सभ्य भएर जनताका आवाज प्रतिविम्वित हुनेगरी साहसिक रुपमा आवज उठाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रका लागि संघर्ष गरेको जुनसुकै पार्टीका व्यक्ति भएपनि सम्मानपूर्वक व्यवहार गर्नुपर्ने उहाँको भनाइ छ ।
संसदको बजेट अधिवेशनको कामले वर्षभरीको अर्थतन्त्र, समाज र राजनीतिलाई गाइड गर्ने भएकाले राष्ट्र केन्द्रित र जनतामा समर्पित भएर कामहरु अगाडि बढाउन सांसदहरुलाई निर्देशन दिनुभयो ।
यस्ता छन्ः अध्यक्ष ओलीले सांसदहरुलाई दिनुभएको उपदेशहरु
१. सबै माननीयहरुले दस्ताबेजहरु राम्ररी अध्ययन गर्ने, चिन्तन मनन गर्ने, विभिन्न दस्तावेजहरुसँग तुलनात्मक अध्ययन गरी परिस्थितिलाई बुझेर काम गर्ने ।
२. तत्कालीन समस्याहरुलाई संसदमा सम्बोधन गर्ने विषयमा तयारी गर्ने ।
२. देश विकासका तथा सुशासनका प्रश्नहरुमा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रश्तुत गर्ने ।
३. बाढी,पहिरो लगायतका सम्भावित प्राकृतिक घटनाका विषयमा के भइरहेको छ रु के गर्नुपर्छ रु भन्ने बारेमा जानकारी लिने, त्यहीअनुसार आफूलाई तयारी अवस्थामा राख्ने ।
४. आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्याका बारेमा संसदमा निर्भिक रुपमा समयमै आवाज उठाउने ।
५. समाजका सांस्कृतिक मूल्यहरु चाडपर्व, ऋति,थितिहरुलाई सम्मान गर्ने र अन्धविश्वासलाई लिएर प्रताडना दिने बोक्सीजस्ता कुराहरुको विरोध प्रकट गर्ने, अन्धविश्वासका अनेक विकृतिको अन्त्यका लागि जनजागरणमा ध्यान दिने ।
६. जनताका आवाजहरु प्रतिविम्वित हुनेगरी अर्थपूर्ण रुपमा मर्यादित र सभ्य भएर तथ्यपरक रुपमा शाहसिक ढंगले संसदमा प्रश्तुत हुने ।
७. राष्ट्रियताको पक्षमा प्रष्टरुपमा अडान लिएर बोल्ने, राष्ट्रलाई कमजोर पार्ने खालका प्रवृत्तिहरुलाई तिखो ढंगले आलोचना गर्ने, देशभन्दा ठुलो अर्को कुरा हुँदैन भनेर आत्मसाथ गर्दै देशभक्तिको भावनालाई ध्यानमा राखेर जनतालाई जागरुक बनाउने ।
८. पार्टीको विरुद्धमा कसैले गलत ढंगले बोल्छ भने त्यसको प्रतिवाद तत्काल छिटोछरितो रुपमा गर्ने ।
९. संसदको आकस्मिक समयमा अरुलाई गाली गर्ने किसिमले नबोल्ने, तत्कालिन अवस्थामा केही आकस्मिक घटना वा समस्याका बारेमा मात्रै बोल्ने ।
१०. लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका भएपनि सम्मान गर्ने, संकिर्ण सोचाइ नराख्ने ।
११. कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलाग्ने, मिसन ०८४ मा लाग्ने ।
१२. नेपाल महान देश हो भन्ने भावनालाई आत्मसात गरेर विविधतालाई एकतामा बदल्दै विकास निर्माणमा लाग्ने ।
१३. समाजमा सुसम्बन्ध ल्याउने गरी इमान र जनताको सेवाको राजनीति गर्नुपर्नेमा ध्यान दिने ।
१४. गलत ढंगका विधेयक पारित भयो भने विकास निर्माण तथा जनतालाई दिइने सेवा सुविधामा प्रत्यक्ष असर पर्ने र राजनीतिक विचारमासमेत असर पर्ने भएकाले सही विधेयकहरु ठिक ढंगले पारित गर्ने वातावरण बनाउने, गलत विधेक पारित नगराउन भुमिका खेल्ने ।
१५. आफ्नो देशको विकास आफैले मात्रै गर्न सकिने भएकाले त्यस अनुरुप आफूलाई सजग गराउने ।
१६.आत्मविश्वास, पूर्वतयारी र एमालेपनका साथ संसदमा प्रश्तुतिकरण दिने ।
प्रतिक्रिया दिनुहोस्