
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।
आइतबार १४ सय रुपैयाँले बढेर तोलामा १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्