
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै कार्यवाहक सभापति अर्यालले विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको आरोप छ । उहाँले शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रवन्ध सरकारले गर्नुपर्ने माग राख्नुभयो ।
कार्यवाहक सभापति अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्ने बताउनुभयो । मुलुकमा रोजगारी वृद्धि गर्नको लागि तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्