१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


राजावादीहरु एकजुट भएका छौं : संयोजक सुवेदी


325
Shares

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै संयोजक सुवेदीले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताउनुभयो । उहाँले राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गर्नुभयो । उहाँले राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि सबै शक्तिहरुले आआफ्नो ठाउँबाट लाग्न आह्वान गर्नुभयो । देशका लागि आवश्यक नभएकाले संघीयता खारेज गर्नुपर्ने उहाँको भनाइ छ ।

संयोजक सुवेदीले चैत १५ गतेको घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले आन्दोलनरत शिक्षकहरुको मागअनुसार तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने बताउनुभयो ।