१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


देशमा धेरै शहीद जन्मिने खतरा बढ्यो : अध्यक्ष बिष्ट


286
Shares

काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाउनुभएको छ ।

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालद्वारा काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष बिष्टले विगतमा राजाले नै बनाएका सांसदहरुले राजालाई झुक्याएर रातारात राजा र हिन्दु राष्ट्र खारेज गरी संघीयता लादेको जिकिर गुर्नभयो । उहाँले देशमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा सरकारको ध्यान नपुगेको बताउनुभयो । उहाँले जनताको प्रशासन नभइ पार्टीहरुको प्रशासनले काम गरिरहेको बताउनुभयो । उहाँले देश अराजकतातर्फ गइरहेको भन्दै धेरै शहीद जन्मिने खतरा बढेको बताउनुभयो ।

अध्यक्ष बिष्टले मनमोहन अधिकारी, मदन भण्डारीलगायत एमालेकै नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको जिकिर गर्नुभयो ।