१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरौं : रक्षामन्त्री राई


390
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गर्न जरुरी रहेको बताउनुभएको छ ।

मंगबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले सरकारले अध्ययन गेर राष्ट्रिय गौरवका आयोजनाहरु घटाउनसके घटाउन जरुरी रहेको बताउनुभयो । उहाँले धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिनुभयो । थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ ।

रक्षामन्त्री राईले फास्ट ट्रयाक निर्माण भइरहेका क्षेत्रका सांसदहरुसँग छलफल गर्ने बताउनुभयो । उहाँले गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निस्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताउनुभयो । उहाँले गरिबी परिचयपत्र वितरण गर्न जरुरी रहेको बताउनुभयो ।