
काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचो रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताउनुभएको हो ।
सांसद गैरेले शिक्षासम्बन्धी संसदीय समितिको सभापति समेतगरी प्रतिपक्षी दलले लामो समयसम्म शिक्षा मन्त्रालयको नेतृत्व गरेको भएपनि शिक्षा ऐन टुंग्याउन नसकेको आरोप लगाउनुभयो । सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर मात्र समस्याको हल निकाल्न नसकिने बताउनुभयो ।
शिक्षकहरुका जायज मागहरु पूरा गर्दै प्रभावित भइरहेको नियमित शैक्षिक गतिविधिहरुलाई सुचारु गर्न सकारात्मक सहयागे आजको आवश्यकता भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्