१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


शेयर बजारमा गिरावट


260
Shares

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले नै घटेको छ ।

दिनभरको उतारचढावका बीच बजार परिसूचक नेप्से १५ अंकले घटेर २६ सय ३१ को विन्दुमा झरेको हो ।

नेप्सेमा रहेका १३ वटै उपसमूह घट्दा वित्त उपसमूह सर्वाधिक १ प्रतिशत भन्दा बढीले घटेको छ । अरु उपसमूह सामान्य अंकले घटेका छन् ।

घटेको बजारमा पनि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य भने सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले घटेको छ ।

३ सय ११ कम्पनी वटा कम्पनीको शेयर खरिद विक्री भएको बजारमा १ सय ८८ कम्पनीको सेयर मूल्य घट्दा ५७ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । आज विभिन्न कम्पनीको १ करोड ८४ लाख बढी कित्ता सेयर ७ अर्ब ५७ करोड बढीमा किनबेच भएको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रोको सर्वाधिक ८२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।