
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुहुने भएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराउनुभएको हो ।
सभामुख घिमिरेकाअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख १९ गते शुक्रबारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरुलाई उक्त दिनको पौने ३ बजे नै आफ्नो आफ्नो आसनग्रहण गरिसक्नु हुन आग्रह गर्नुभयो ।
उक्त दिन समयमा निर्धारण गरिएको पोशाकमा उपस्थित हुन पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्