९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मोरङ प्रहरीले ल्यायो एप्स, ‘आपराधिक सूचना पाउन सकिने’


0
Shares

विराटनगर, असोज ४ । जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण  एवं अनुसन्धानका लागि डिजिटल प्रहरी परिचालन प्रणालीसम्बन्धी एप्सको सुरुआत गरेको छ ।

प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले बिहीबार एक कार्यक्रमबीच एप्सको शुभारम्भ गरे ।

नेपाल प्रहरीले मोरङबाट सुरु गरेको यस्तो प्रविधिबाट मोबाइल फोनमार्फत् आपराधिक सूचना पाउन सकिने मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मजोज केसीले बताए ।

डिजिटल परिचालन प्रणालीको शुभारम्भ गर्दै मुख्यमन्त्री राईले १ नम्बर प्रदेशमा शान्ति–सुरक्षा र सुशासन कायम गर्न प्रविधिमैत्री प्रणालीको विकास  आवश्यक रहेको बताए ।

प्रहरी परिचालनलनाई सुद्धढ बनाउन, सूचना अभिलेखीकरण गर्न र प्रहरी कारबाहीको रिपोर्टसमेत प्राप्त गर्नसकिने यो प्रणाली नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको जनाइएको छ ।