९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


साओमी स्मार्टफोनहरु नेपाली बजारमा


0
Shares

काठमाडौं, असोज ७ । मोबाइल कम्पनी साओमीको एमआई ब्रान्डका स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याइएको छ ।

कम्पनीले ‘एमवानएटु’, ‘एमवानएटु लाइट’, ‘रेड्मी ६’ र ‘रेड्मी ६ ए’ नेपाली बजारमा ल्याएकोे हो ।

३ देखि ६४ जीबी स्टोरेज क्षमताका यी मोबाइलमा १२ एमपीदेखि ५ एमपी क्षमताका दोहोरो क्यामेरा रहेका छन् ।

यी मोबाइलको स्थानीय बजार मूल्य साढे १६ हजारदेखि ३१ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।