९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


धनकुटामा मानवअधिकारका घटना बढ्दो


0
Shares

धनकुटा, असार ८ । धनकुटामा मानव अधिकार उल्लंघनको घटनामा दोब्बरभन्दा बढी बृद्धि भएको छ ।

मानव अधिकार वर्ष पुस्तक २०१९ को लागि तयार पारेको प्रतिवेदनमा बितेको पाँच महिनामा धनकुटामा मानव अधिकार उल्लंघन तथा ज्यादतिका ४८ वटा घटना घटेको जनाइएको छ ।

अघिल्लो वर्ष पाँच महिनाको अवधिमा १९ वटामात्र मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका थिए । २०७४ पुुस १७ गतेदेखि २०७५ जेठ १७ गतेसम्मको अवधिमा महिला हिंसाका मात्र ३९ वटा घटना भएको इन्सेक प्रतिनिधि सन्तोष रुचालले जानकारी दिए ।

सो अवधिमा धनकुटामा दुई जनाको हत्या भएको छ ।

त्यस्तै बहुविवाहका घटना दुईवटा, महिलामाथि बलात्कार एउटा, बालिकामाथि बलात्कार दुईवटा भएको प्रतिवेदनमा उल्लेख छ ।

पाँच महिनाको अवधिमा जिल्लामा भौतिक संरचना तथा क्षतिका ३ वटा र राज्य पक्षबाट कुटपिटका ३ वटा घटना भएको जनाइएको छ ।