१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भन्सार छलेर ल्याइएका एक दर्जन ‘अनटेष्ट’ मोटरसाइकल पक्राउ


0
Shares

-प्रकाश मैनाली/ईमेज:

सर्लाही, असार ८ । सर्लाही सदरमुकाम मलंगवाबाट प्रहरीले कागजपत बिहिन एक दर्जन बढी अनटेष्ट मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

भन्सार नतिरी भारतबाट खरिद गरेर ल्याइ निर्वाध रुपमा गुडाइएका १६ वटा नम्वर नभएका मोटरसाइकल बरामद गरेको हो ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले चेकजाँच गर्नेक्रममा सो संख्यामा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा फाँटका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए ।

पक्राउ परेका मोटरसाइकल आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सर्लाही प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको सबै मोटरसाइकलका धनीलाई दुई दिनभित्र भन्सार कार्यालयमा सम्पर्क गर्न भनिएको प्रहरी निरीक्षक देवले बताए ।

पछिल्लो समय जिल्लामा भन्सार नतिरी मनपरी रुपमा भारतीय नंं प्लेडको सवारी गुड्नेक्रम बढेपछि त्यसलाई नियन्त्रणको प्रयास गरिएको छ ।

सदरमुकाम मलंगवा सहित दक्षिणी भेगमा कागजपत्र बिनै सवारी अनुमती पत्र समेत नबोकी र हेल्मेट नलगाई मोटरसाइकल गुडाउने गरेकाले दुर्घटनापनि बढेका छन् ।