
काठमाडौं । जन्मभूमिका बारेमा गीत गाउने कलाकार विरलै मात्र भेटिन्छन् ।
तर गायक सरोज साजन श्रेष्ठले चाडबाडको पूर्वसन्ध्यामा आफ्नै जन्मभूमिमा आधारित गीत ‘रमाइलो फलेवास’ को भिडियो सार्वजनिक गरेका छन् ।
‘एस थ्री रकिङ्ग’ एल्बममा समेटिएको उक्त् रोमान्टिक गीतमा फलेवासको आकर्षक दृष्यहरु कैद गरिएको छ । फलेवासको प्राकृतिक सुन्दरता, जातिय झाँकी, रहनसहन भिडियोमा देख्न पाईन्छ ।
सरोजकै शब्दमा तयार भएको गीतमा कल्याण सिंहको संगीत रहेको छ भने संगीत संयोजन साहस शाक्यले गरेका छन ।
चक्र पुलामीको कोरियोग्राफी रहेको भिडियोमा बिनोद श्रेष्ठ, फुलु पुन र सरोज साजन श्रेष्ठको अभिनय रहेको छ ।
बिरन पुनले छायाँङकन र निर्देशन गरेको भिडियोमा पर्वत जिल्लाको फलेवास नगरपालिका भित्रका रमणीय दृश्यहरु देखाइएको छ ।
रोमाण्टिक गीतहरुमा रुची देखाउने साजनले सांगीतिक यात्राको सुरुवात भने ‘पापीनी’ बोलको सेन्टिमेन्टल गीतबाट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्