९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


राज्यलाई ढाँटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री पण्डित


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, असार १० । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि १० हजार कर्मचारी पठाउने तयारी भइरहेको बताएका छन् ।

आइतबार बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै मन्त्री पण्डितले जनताले प्राप्त गर्ने सेवामा कुनै अवरोध नहुने गरी कर्मचारी परिचालन गर्ने बताए ।

राज्यलाई ढाँटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ति नपाउने चेतावनी मन्त्री पण्डितको थियो ।

मुलुकमा राजनीतिक संक्रमण सकिएपनि राज्यले कर्मचारी संक्रमण भोगिरहनुपरेको मन्त्री पण्डितको भनाइ छ ।

सभामा जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले नीति तथा कार्यक्रम पेस गरे ।

मेयर पौडेलले शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन, युवा तथा खेलकुद, पर्यावरण संरक्षण, आवास तथा सहरीकरण, जग्गा व्यवस्थापन, औद्योगिक क्षेत्र व्यवस्थापन, स्वरोजगारलगायत विभिन्न क्षेत्रमा उपमहानगरले योजनाबद्ध ढंगले काम गर्ने बताए ।

उपमहानगरले यस आर्थिक वर्ष ०७५/७६ का लागि चालू खर्चतर्फ १६ करोड १९ लाख र पुँजीगततर्फ ९० करोड ९६ लाख गरी एक अर्ब ७ करोड १५ लाख एक हजार ८२० रुपैयाँ विनियोजन गरेको छ ।