९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा संचालनमा


0
Shares

काठमाडौं, असार ११ । पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ ।

गएराति साढे २ बजेदेखि अबरुद्ध सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

यो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोला जलविरे लगायत ठाउँमा पहिरो खसेपछि गएरातिदेखि बिहान ८ बजेसम्म सडक अबरुद्ध भएको थियो ।

चारकिलोमा गएको पहिरो ठूलो भएकाले पन्छाउन केही कठिन भइरहेको प्रहरीले जनाएको छ ।

जतिसक्दो छिटो पहिरो पन्छाएर सडकलाई दुईतर्फी रुपमा सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।