९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अनशनको ‘वार्मअप’मा छन् डाक्टर केसी !


0
Shares

-संजिव कार्की 

डाक्टर केसी-प्रधानमन्त्री ज्यू नमस्कार ! स्वास्थ्य लाभको कामना ।

प्रधानमन्त्री ओली–‘ओ हो डाक्टर साब !’ मेरो स्वाथ्य ठिकै छ डाक्टर साबहरुको मेहनतले बाँची रहेको छु । मेरो स्वास्थ्य ठिक भए पछि यो अधिवेशनबाट स्वास्थ्य शिक्षा बिधेयक पास गर्छु ।’

डाक्टर केसी– “म अहिले कुनै पनि माग र गुनासो लिएर आएको हैन स्वास्थ्य लाभको कामना गर्न मात्र आएको हुँ , तपाई छिटो निको हुनुस ।’ प्रधानमन्त्री ओली र डाक्टर गोबिन्द केसी बीच भएको संवाद यति मात्रै हो तर यो सम्बाद भित्र प्रधानमन्त्रीले क्षमापार्थीको आशय बोलेका छन् भने डाक्टर के सीले मानवीयता भन्दा पर बोलेका छैनन् ।

बिरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर केसीले स्वास्थ्य लाभको कामना गर्दै भर्खरै भेट्न गए तर प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको कामना गर्न आएका केसीलाई राजनीतिक कुरा गरेर आफू वचनको पक्का भएको र आफु ठिक भएपछि चिकित्सा शिक्षा बिधेयक पारित गर्ने वचन दिए । सवाल बचन दिनु सम्झौता गर्नुको होइन वचन र सम्झौता कार्यान्वयनको हो । डाक्टर केसी भन्छन, ‘म राजनीतिक कुरा गर्न र मसंग भएको सम्झौता उप्काउन त्यहाँ गएको हैन देशको प्रधानमन्त्री बिरामी हुनुभएकोले विशुद्ध स्वास्थ्य लाभको कामना गर्न गएको हुँ । मानवीयताको भावले गएको हो कुनै गुनासो सुनाउन र माग पेश गर्न गएको हैन । उहाँले नै चिकित्सा शिक्षा बिधेयकको कुरा उठाएर मलाई आश्वासन दिनुभयो तर यस्ता आश्वासन र वचन बद्धता सबै प्रधानमन्त्रीले दिए दिन्छन तर जनताको तीव्र दबाब बिना अझै कार्यान्वयनमा लैजान्छन भन्नेमा शंका गर्ने थुप्रै ठाउँ र आधारहरु छन् ।

इमान, जमानको र नैतिकताको राजनीति र राजनेताहरु नभएको देशमा यस्ता असजिला बारम्बार आउँछन भन्ने कुराको अप्ठ्यारा झन्झट र उदाहरण हो डाक्टर केसीको १५ औं अनशनको शृंखला र जनताको सधैको खबरदारी सडक आन्दोलन । नाजायज र गलत माग र देशको हितमा छैन सत्याग्रह कुन सरकार र प्रधानमन्त्रीले भन्न सके सबै दल र सबै प्रधानमन्त्रीले सम्झौताको सहि धस्काएका छन् डाक्टर केसीसँग तर कार्यन्वयन त के सम्झौताको मसी सुक्न नपाउँदै २४ घण्टा व्यतित हुन नपाउदै अध्यारो कुनाबाट सम्झौता तुहाउन चाल खेल हुन् पुग्छ र आर्थिक चलखेल देखि राजनीतिक चलखेलसम्म हुन्छ र इमानको खाडल पुरिनको साटो गहिरदै जान्छ, पुरिनुको साटो । राता रात बेर्इमान बनिदिन्छन प्रधानमन्त्री र मन्त्रीहरु । द्रव्य मोहको मोहपासमा खै कसरी अल्झनछन् राजनीतिकर्मी मन्त्री र प्रधानमन्त्री ? जनताको स्वास्थ्य भन्दा ठुलो सम्झनछन् केहि मुठीभर ब्यापरी र मेडिकल माफियाको पैसालाई ? आखिर किन हुन्छ यस्तो ? किन जनता भन्दा ठुलो हुन्छ द्रव्य मोह ? कारण सजिलो छ बिना परिश्रम, बिना लगानी प्राप्त हुने प्रतिफल ।

राजनीतिकर्मीहरुलाई नीतिगत निर्णय गरिदिए बापद ब्यापारी र दलालहरुले आर्थिक लाभ दिन्छन सोहि लोभले गर्दा  चास्नीमा माखा फसे झैँ फस्छन अधिकांश दलका नेता मन्त्री र प्रधानमन्त्री भएकाहरु । तसर्थ जनताको लागि विसुद्ध सोच्ने ब्यबहार गर्ने र मर्न तयार हुनेले बारम्बार धोका खानुपर्छ, बेइमानी सहनुपर्छ, निरन्तर लड्ने र परिआए मर्ने संकल्प र धैर्य बोक्नुपर्छ । यही धैर्य संकल्प हठ र निष्ठाकै कारण गोविन्द केसी १५ औं पटक सत्ताइस दिनसम्म भोकभोकै लडे र सत्तालाई आफ्नो माग सुनुवाई गर्छु भन्ने कवोल गर्न बाध्य पारे । तर नैतिकता भन्दा कोशौं पर बसेकासँग फेरि तिमी नांगै भयो वस्त्र बेरेर हिंड भनेर जनता र अभियन्ता डाक्टर केसीले सम्झाउने बुझाउने र सुनाउने गरिरहनु पर्छ । डाक्टर केसी अनशनको लागि सँधै ‘वार्म–अप’मा छन् उनको सार्वजनिक लेखाइ बोलाइ र भनाइले यहि कुराको संकेत गरिरहेको छ ।

एउटा निष्ठा र उदेश्यको लागि हार हमेसा मर्न तयार डाक्टर केसीलाई यो शक्तिशाली सरकार दुई तिहाइको बामपन्थी लगायतको सरकारले २७ औं दिन अनशन टुंगो लगाएर सम्झौता गरेको र कार्यान्वयनको वाचा गरेको समय भन्दा एक महिना समय सीमा नाघ्यो त्यसैले यस बारेमा जनताको चासो देखिनु स्वभाविक छ । गोविन्दको वार्निंग असान्दर्भिक छैन । अब पुनः आफ्नो इमानको परिक्षामा प्रधानमन्त्री छन् कस्तो परिणाम ल्याउछन व्यग्र प्रतिक्षा गर्नुछ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेल सम्झौताप्रति इमान्दार नभएको र डबल स्ट्याण्डर्डमा रहेको धेरैको बुझाई छ । डाक्टर केसी पनि शिक्षा मन्त्रीको डुइयल पोलिशी प्रति रोष प्रकट गर्छन र बर्खे अधिबेशन समापनको अन्तिम घडीमा आफुलाई ब्ल्याक मेलिंग गरेको आरोप लगाउछन । आफुलाई र नेपाली जनतालाई झुक्याएर बारम्बार अपराध र पाप गरेका छन् सरकारहरुले भन्ने गोविन्द केसीको बुझाइमा सत्यता छ । पाप, धर्म, असल, खराब छुट्याउने विवेक बन्धकीमा राखेर चलेका छन् माफियाको हरियो घाँसको टाटनोमा रमाउने राजनीतिज्ञहरु ।

मेडिकल माफियाको हरियो घाँसमा किन बुद्धी विवेक बेचेर नेपाली जनताको स्वास्थ्य माथि खेलवाड हुन्छ सधै ? कालोधन, पहूँच र प्रभाव हुनेहरुको लागि मात्र हो देश ? अरु सर्वसाधारण नेपालीको लागि किन देश आफ्नो हुँन सकेन ? नेपाली जनताको शिक्षा स्वास्थ्य र सेवाको लागि लड्ने काम एक चिकित्सकको मात्र हो ? किन गोविन्द केसी बोलेपछि मात्र बोल्छ समाज ? समाजका अरु प्रबुद्द बर्गले किन सम्झौता कार्यन्वयनको बिषयमा आवाज उठाउदैंनन, सरकारलाई दबाब दिदैनन ? गोविन्द केसीले बोकेको एजेन्डा बोकेर किन आन्दोलन गर्दैनन् बिद्यार्थी संघ संगठनहरु ? बिद्यार्थी संघ संगठनले बोक्नु पर्ने होइन र यो एजेन्डा किन ध्यान पुग्दैन बिद्यार्थी नेताहरुको ? कतै बिद्यार्थी नेताहरु पनि माफियाहरुले हालिदिने हरियो घाँसमा नै बिकेका छन् भन्दा आरोप लगाएको मात्र हुन्न होला । नत्र भने सांगठनिक मौनता किन ? संघ संगठनले सरकार विरुद्द गोविन्द केसीले उठाएका मुद्दा र माग अनि सरकारसंगको सम्झौता कार्यन्वयनको पक्षमा खै आन्दोलनको उदघोष गरेको ? यतिका पटक गोविन्द केसी शिक्षा र स्वास्थ्यसँग सम्बन्धित माग राखेर सत्याग्रहमा होमिदा पनि बिद्यार्थी संघ संगठन आधिकारिक रुपमा सडकमा नआउनु भनेको सामान्य विषय होइन पक्कै पनि यहाँ दुर्गन्ध छ ।  बिद्यार्थीसँग संगठन बिद्यार्थी हित भन्दा अरु कसैको हितका पक्षमा छन् ।

हरेक सरकारले डा.केसी लाई छल्ने, थकाउने, गलाउने नीति लिएको पाइन्छ । जब केसीको स्वास्थ्य स्थिति जटिल बन्छ सडकमा मान्छेहरु निस्कन थाल्छन । सार्वजनिक संजाल गोविन्दको पक्षमा भरिन थाल्छ तब मात्र सरकार करबलले केसीसँग सम्झौताको नाटक गर्छ र अनशन तोडाएर गहिरो निन्द्रामा सुत्छ । यदि हैन भने आजसम्म सरकारले किन छलछाम मात्र गर्छ ? पहिले पहिलेका सरकारसँग त् तागत थिएन सकेन तर अब केपी ओलीको दुई तिहाइको सरकारलाई माग पुरा गर्न कुन तागतले रोक्छ छेक्छ ? सरकारले दिल देखिनै चाहने हो भने अब रोक्ने, छेक्ने धम्काउने थर्काउने को छ र ? कुरा यति हो स्पस्ट छ सरकार आफैं त्यसो गर्न चाहँदैन किनकी माफियाको ब्याट्रीबाट नेताको भुँडीमा रसद पानी पुगेको छ ।

सरकारमा भ्रष्टहरुको चलखेल भएको र आफुलाई अनि नेपाली जनतालाई संधै गुमराहमा राख्ने खेल भएको भन्दै डाक्टर केसी १६ औं अनशनको तयारीमा भएको कुरा बुझ्न कठिन छैन । १५औ अनशन ताका डाक्टर केसीको समर्थनमा खरो उत्रेका नारायणकाजी श्रेष्ठको हालको भूमिकाप्रति संसय र शंका पैदा भएको कुरा सार्वजनिक रुपमा चर्चामा छ । सरोकारवाला मन्त्री शिक्षा मन्त्रीको भूमिका अघिल्लो कार्यकाल देउवा सरकारको पालामा सहयोगी भए पनि हालका दिनहरुमा पटक्कै सकारामक नभएको तथ्य सत्य देखिन्छ । १५ औं अनशनलाई अन्त्य गर्ने साउन १० को नौ बुंदे सम्झौता सहमति भएको दुई महिना भित्र कार्यन्वयन गर्ने सरकारी प्रतिवद्धता केवल झुटको पुलिन्दा बनेको तीन महिना भयो ।

सम्झौतामा भनिएको थियो चिकित्सा शिक्षा बिधेयक संसदमा पेश गरि यथाशिघ्र एन ल्याउने, सातै प्रदेशमा तत्काल मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने, चिकित्सा शिक्षा सम्बन्धित न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई दुई महिना भित्र कारवाहीको प्रक्रिया अघि बढाउने लगायत सम्झौता सरकारले गरेको थियो तर दोषी प्रमाणित त्रिभुवन विश्व विद्यालयका पदाधिकारीलाई मान पदवीले बिभुसित गरेर सरकारले केसीलाई चिढ्याउने र उत्तेजित बनाउने कार्य गरेको छ । आगोमा घिउ थपेर आन्दोलनको लागि अरु बाताबरण बनाउँदै छ । यद्यपी,  बिरामी भएको बेला डाक्टर केसीसंगको भेटमा प्रधानमन्त्रीको बोलीले आशा गर्न ठाउँ दिएको छ ।

लाग्छ बिरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्रीले झुट बोल्दैनन र बोलेनन पक्कै । अब निको भएर काममा फर्केपछि पनि वचन बद्दता अनुरुप काम भएन शिक्षा बिधेयक आगामी अधिवेशनबाट गोविन्द केसीसंग गरिएको सम्झौता अनुरुप भएन भने प्रधानमन्त्रीको बोलीको ओज अरु घट्ने छ । कसैले पनि प्रधानमन्त्रीको बोलीको विश्वास गर्ने छैनन् । पहिले भन्दा हल्का र सस्तो हुँदै गएको प्रधानमन्त्रीको बोलीको ओज अरु हल्काफुल्का र हाँस्यको खजाना मात्र बन्नेछ । प्रधानमन्त्रीको आश्वासन पाएपछि अझ केही समय डा.केसीले धैर्य गर्नु बान्छनीय हुन्छ ।

प्रधानमन्त्रीको रेस्पेक्टको लागि पनि यो अधिवेशनबाट बिधेयक पारित गर्ने समय नआउँदासम्म कुर्न र प्रधानमन्त्री संस्थाको मान राख्न केसीको सुझबुझ आवश्यक हुन्छ । तर सँधै धोका खाएको हुनाले बिधेयक त संसदमा प्रस्तुत गर्ने तर सरकारले आफु अनुकुल मेडिकल माफियालाई फाइदा हुने गरि कि तीन करोड नेपाली जनताको हित हुने गरि त्यो भने ख्याल राख्ने बेला हो केसी लगायत सम्बन्धित पक्ष र समूह अनि सरोकारवालाले । आशा गरौं यो पटक प्रधानमन्त्री आफ्नो वचनमा पक्का रहनेछन कुनै पनि स्वार्थी समुह र तत्वको घेरामा पर्ने छैनन । आफ्नो अन्तर चेतनाको आवाज सुन्ने छन् ।  नेपाली जनताको करुण क्रन्दनलाई आत्मसात गर्नेछन । बिरामीको अन्तरहृदयको भावना मुखरित गर्नेछन । आम गरिब निमुखा दीनहीन नेपालीको पक्षमा स्वास्थ्य शिक्षा बिधेयक पास गर्न दृढताका साथ् खट्ने छन् ।  (लेखक डाक्टर केसी अभियानका अभियानकर्ता हुन् ।)