९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सुनसरीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु


0
Shares

सुनसरी, असार ११ । सुनसरीको बराह नगरपालिकामा जंगलीहात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बराह नगरपालिका–९, ढोलबज्याङगाकी भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगलीहात्तीले चौधरीलाई भैंसीगोठमा बसिरहेको अवस्थामा आइतबार राति आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारकाक्रममा सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।