८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राजधानीमा अन्तर्राष्ट्रियस्तरको सूचना तथा सन्चार–प्रविधि सम्मेलन हुँदै


0
Shares

क्यान महासंघले यसअघिका सत्रौं संस्करणसम्म ‘आइसीटी कन्फ्रेन्स’लाई ‘क्यान इन्फोटेक’को एउटा भागकारुपमा अघि बढाइरहेकामा यस वर्षदेखि विशेष प्राथमिकता साथ अन्तर्राष्ट्रिय विज्ञसमेतको उपस्थितिमा छुट्टै कार्यक्रमकारुपमा आयोजना गर्न लागेको जनाएको छ ।

महासंघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनकाबारे विस्तृत् जानकारी गराएको हो ।

आइसीटी कन्फ्रेन्समा नेपाल सरकारको पनि उच्चस्तरीय सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)का विषयगत विशेषज्ञहरुले पनि कार्यपत्र प्रस्तुत् गर्ने जनाइएको छ ।

साथै, सम्मेलनकाक्रममा सहरी विकास मन्त्रालयअन्तर्गत् ‘स्मार्टसिटी’को ‘मास्टर प्लान’ बनाउने कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको महासंघले जनाएको छ ।