१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पीताम्बर शर्माको आत्मवृत्तान्त ‘मेरो रिमरिमे सम्झना’ सार्वजनिक (भिडियो)


0
Shares

प्रजातन्त्र पुनःस्थापनाका लागि खेलेको भूमिका र जीवनका आरोह–अवरोह दाहालको आत्मवृत्तान्तमा समेटिएको छ ।

आत्मवृत्तान्तमा साहित्यकार पीताम्बर शर्माले आफ्नो जीवनमा भोगेका हरेक घटना, हरेक समय र ती समयहरुमा आफूले गरेको संर्घषलाई समेटेका छन् ।

गद्य र पद्य दुवै शैलीमा लेखिएकोे पुस्तक ‘मेरो रिमरिमे सम्झना’मा राजनीतिक, सामाजिक र उनको व्यक्तिगत जीवनमा भोगेका यथार्थहरुलाई समेटिएको छ ।

एक साधारण व्यक्तिले राजनीतिक जीवनमा भोग्नुपरेको यथार्थलाई पुस्तकमा प्रस्तुत् गरिएको छ ।

माता अयोध्यादेवी शर्मा दाहाल र पिता भानुभक्त शर्मा दाहालको कोखबाट ओखलढुंगामा जन्मिएका शर्माले आफ्नो आत्मवृत्तान्तमा जीवनमा घटेका हरेक घटनालाई सचित्र ढंगले व्यक्त गरेका छन् ।

साहसिलो किसिमबाट आफ्ना कुराहरु प्रस्तुत् गर्ने शर्माको पुस्तकमा प्रस्तुत् संघर्षले नयाँ पिँढीले पनि केही सिक्नसक्ने र सो पुस्तकबाट वर्तमान राजनीतिको झलकसमेत देख्न सकिन्छ ।

उसो त नेपाली आकाशमा उदाएका धेरै साहित्यिक ताराहरु छन् । तर, पीताम्बर शर्मा भने आफूले भोग्दै आएका तीता–मीठा यथार्थलाई पाठकसामु पस्केर उनीहरुलाई पनि थप ऊर्जावान बनाउन चाहन्छन् ।

इतिहास बोकेको उनको पुस्तकमा कांग्रेसको स्थापनाकालमा आफूहरुले खेलेको भूमिका र त्यसयताका घटनाक्रमलाई मिहिन ढंगले उठान गरिएको छ ।

भिडियो हेर्नुहोस्