
काठमाडौं, जेठ २३ । अमेरिकाकी विख्यात फेसन डिजाइनर केट स्पेड मृत अवस्थामा भेटिएकी छन् ।
न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा उनी मृत अवस्थामा भेटिएकी हुन् । न्यूयोर्क प्रहरीले केट आफ्नै अपार्टमेन्टमा मृत फेला परेको जनाएको छ ।
केटलाई उनकी घरेलु कामदारले मृत अवस्थामा फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले सुसाइड नोटसमेत फेला पारेको छ । तर त्यसमा के लेखिएको छ भन्ने खुलाइएको छैन ।
५५ वर्षीया केटको निधनको खबरसँगै विश्वभरकै फेसनप्रेमीले दुःख व्यक्त गरेका छन् ।
फेसन म्यागाजिन म्डामोसेनको सम्पादकको भूमिकासमेत निर्वाह गरेकी केटले लुगा, जुत्ता, गहनालगायतको कुशल डिजाइनरको परिचय बनाएकी थिइन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्