९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


फुटपाथे काउन्टर हटाउँदै गाउँपालिका


0
Shares

सुन्दरकुमार थकाली (इमेज)

मुस्ताङ, असार ११ । मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरमुकाम जोमसोम आसपास सार्वजनिक जमिनमा अव्यस्थितरुपमा सन्चालन भइरहेका फुटपाथे काउन्टरहरु हटाएको छ ।

घरपझोङ गाउँपालिकाले सदरमुकाम जोमसोमको बस्तीलाई व्यवस्थित गर्दै गाउँपालिकाको सुन्दरता अभिवृद्धि गर्ने उद्देश्यले अभियान चलाइएको दाबी गरेको छ ।

यसरी हटाइएकामा यातायात काउन्टरदेखि फुटपाथका पसलसम्म छन् ।

सदरमुकामलाई चुस्त राख्न गाउँपालिका र सरोकारवाला निकायले अभियानलाई पूर्णता दिएकोे गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए ।

हटाइएका यातायात व्यवसायीका काउन्टर बसपार्क निर्माण भएपछि सन्चालन गर्न दिइने सहमति गरिएको छ ।

गाउँपालिकाले पटक–पटक जानकारी गराउँदासमेत केही व्यवसायीले काउन्टर हटाउन नमानेपछि स्थानीय तहकै अगुवाइमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय आमा समूह र नागरिक समाजको रोहबरमा हटाइएको हो ।