९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लागुऔषध त्यागी स्वच्छ र समुन्नत समाजको निर्माणमा जुटौं : गृहमन्त्री


0
Shares

काठमाडौं, असार १२ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध त्यागी स्वच्छ र समुन्नत समाजको निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको आज काठमाडौमा उद्घाटन गर्दै उनले लागुऔषधको प्रयोगबाट मानसिक र शारीरिक स्वास्थ्यमासमेत असर पर्ने भएकाले लागुऔषध त्याग्न आग्रह गरेका छन् ।

लागुऔषध सेवन गर्नेको संख्या नेपालमा दिन प्रतिदिन बढ्दो रहेको भन्दै उनले यसको न्यूनीकरणको लागि जनचेतना आवश्यक रहेकोमा जोड दिए ।

लागुऔषध सेवनबाट बालबालिकालाई बचाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सजग हुन आग्रह गरे ।

लागुऔषधको ओसारपसार सेवन र नियन्त्रणमा सरकारले कडाई गरेको पनि गृहमन्त्रीको भनाई थियो ।

लागुऔषध दुव्र्यसन अन्त्य गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै गृहमन्त्रीले सरकार सबैसँग मिलेर अगाडि बढ्न चाहेको उल्लेख गरे ।

गृहसचिव प्रेमकुमार राईले लागुऔषध दुव्र्यसनबाट आफ्नो घर, परिवार र समाजलाई मुक्त गर्नका लागि सहयोगी भूमिका खेल्न आग्रह गरे ।

माध्यामिक र क्याम्पसस्तरमा अध्ययन गर्ने विद्यार्थी दुव्र्यसनको शिकार हुने गरेको भन्दै उन विद्यालयस्तरबाटै सुधार आवश्यक रहेको बताए ।

कार्यक्रममा दुव्र्यसनबाट उत्पन्न परिणामकाबारेमा चेतनामुलक नाटक प्रदर्शन गरिएको थियो भने दुव्र्यसनबिरुद्धमा महत्वपूर्ण भुमिमा निर्वाह गर्ने संघ, संस्थालाई सम्मानित गरिएको थियो ।