८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


छोरी-बुहारीलाई दक्ष बनाउन कम्प्युटर शिक्षा


0
Shares

संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो । युवा महिलाका लागि आधारभुत कम्प्युटर शिक्षा भन्ने मूल नारासहित चैत २० गतेदेखि कक्षा सञ्चालन भएको उक्त संघका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए ।

गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकका गरी २३ महिला कम्प्युटर कक्षामा सहभागी छन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको २ लाख आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भईरहेको संस्थाले जनाएको छ ।

सरकारी सेवा प्रवेश, लोकसेवा आयोग परीक्षाका लागिसमेत कम्प्युटर शिक्षा आवश्यक रहेको तथा छोरीबुहारीलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउनका लागि कार्यक्रम सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष भट्टले बताए ।

कम्प्युटर शिक्षा आवश्यक र र उपलब्धिमुलक रहेको प्रशिक्षार्थी सिता विष्टले बताइन् । तीन महिनासम्म सञ्चालन हुने आधारभुत कम्प्युटर शिक्षामा दिपेन्द्र कार्कीले प्रशिक्षण दिंदैछन् ।