२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’


0
Shares

आयोगले सोमबार विज्ञप्ति जारी गरी भर्खरैमात्र तीन तहका निर्वाचनलगायत सम्पूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको घटनालाई ध्यानमा राखी डा. यादव र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा भएको घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।

आइतबार राति डा. यादवको निवासमा विस्फोट हुँदा निजी निवासका पर्खाल, झ्याल, ढोकालगायत अधिकांश स्थानमा क्षति पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस