२५ असार २०८२, बुधबार | Wed Jul 9 2025


साफ सुजुकी कप फुटबलमा नेपाल समूह ‘ए’मा


0
Shares

बंगलादेशको ढाकामा बुधबार सार्वजनिक गरिएको ‘ड्र’अनुसार समूह ‘ए’मा नेपाल र आयोजक बंगलादेशसहित पाकिस्तान र भुटान रहेका छन् ।

यस्तै, समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

अफगानिस्तानले आफ्नो सदस्यता मध्य एसियामा सारेसँगै दक्षिण एसियाली राष्ट्रहरुको सबैभन्दा ठूलो प्रतियोगितामा अब सातओटा राष्ट्रलेमात्र प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म सेमिफाइनलभन्दामाथिको यात्रा तय गर्न सकेको छैन ।