
काठमाडौं, बैशाख २ । नेपाल टेलिकमले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर नामका दुई नयाँ योजना ल्याएको छ ।
टेलिकमले मातातीर्थ औंसीको अवसरमा प्रिपेड/पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको हो ।
यस अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन सकिने यो प्याक ७ दिन सम्म प्रयोग गर्न सकिने ।
प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने जनाइएको छ ।
यस्तै, कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि ल्याएको विद्यार्थी अफर योजना अन्तर्गत् भने ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्