२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


तीन तहको निर्वाचन खर्चिलो, मतदाता नामवली पत्रमा त्रुटी धेरै: जीयोक


0
Shares

काठमाडौं, चैत ३० । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जीयोक)ले यस वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्वकरुपमा भएपनि खर्चिलो भएको निष्कर्ष निकालेको छ ।

जियोकले यस बर्ष सम्पन्न तीनै तहको निर्वाचन पर्यवेक्षणको प्रतिवेदन आज काठमाडौंमा सार्वजनिक गर्दै निर्वाचन खर्चिलो भएको निष्कर्ष निकालेको हो ।

जीओकले निर्वाचन आयोग, नेपाल सरकार र राजनीतिक दललाई सुझाव पनि दिएको छ ।

जीयोकले निर्वाचन आयोगलाई मतदाता नामवली पत्रमा देखिएका त्रुटीहरु हटाउन, मतदाता शिक्षालाई प्रभाावकारी बनाउन, मतदाता परिचयपत्र स्थानिय स्तरमा नै वितरण गर्ने व्यवस्था गर्नु पर्ने लगायतका सुझाब दिएको छ ।

कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले एकै चरणमा नगरी धेरै चरणमा निर्वाचन गर्नुपरेकोले यस पटकको निर्वाचन खर्चिलो भएको बताए ।

उनले निर्वाचनको मिति तोक्ने अधिकार कानुनी रुपमा नै निर्वाचन आयोलाई दिएको भए अहिलेको जस्तो विभिन्न चरणमा गरि निर्वाचान सम्पन्न गर्नुपर्ने अवस्था नआउने दावी गरे ।

निर्वाचन आयुक्त दाहालले मतादाता नामावलीमा अहिलेको जस्तो समस्या हुन नदिन लागि यही बैशाख २ गतेबाट मतादाता नामवली संकलन गर्ने बताए ।