२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


वैशाख २ देखि मतदाता नामावली संकलन


0
Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग पदाधिकारी बैठकले क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति निकाली मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ ।

स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै आयोगले नामावली संकलन र अद्यावधिकलाई अगाडि बढाउने निर्णय गरेको हो ।

मतदाता नामावली र अद्यावधिक कार्यक्रम सन्चालन अवधिभर नागरिकले नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउनसक्ने आयोगले जनाएको छ ।