८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


फेसबुकद्वारा ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार


0
Shares

बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् ।

यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले ८ करोड ७० लाख व्यक्तिको डाटा चोरी भएको जानकारी दिएका हुन् ।

बीबीसीका अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ । डाटा चोरी भएको खुलासा भएपछि फेसबुकको केही समयदेखि आलोचना हुँदै आएको छ ।

केही वर्षदेखि क्याम्ब्रिज एनालिटिकाले करोडौं ब्यक्तिको जानकारी जम्मा गरेको थियो । लण्डनमा रहेको कम्पनीले ती जानकारी डिलिट गरेको जनाएको छ ।

क्याम्ब्रिज एनालिटीकाको स्क्याण्डल सार्वजनिक हुने बित्तिकै फेसबुकका संस्थापक मार्क जुगरबर्गले कम्पनीबाट गल्ती भएको स्वीकार गरेका थिए । उनले यसको ब्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए । (एजेन्सी)