१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘जीवन सङ्घर्ष’ विमोचित


0
Shares

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उक्त पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा कार्कीले बर्मा, थाइल्यान्ड र नेपालमा बसेर गरेका संघर्षका कथाहरु समेटिएका छन् ।

पुस्तकमा नेपालीहरु कसरी बर्मा पुगेर र त्यहाँ नेपाली भाषा–संस्कृतिको संरक्षण गरेका छन् भन्नेलगायतका विषयलाई उजागरसमेत गरिएको छ ।

पुस्तक विमोचन गर्दै शताब्दीपुरुष जोशीले पुस्तक नेपालबाहिर रहेका धेरै युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने बताए ।

कार्यक्रममा थाई नेपाली संघले धुर्मुस–सुन्तली फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग पनि प्रदान गरेको थियो ।

भूकम्पपछि नेपाल आएका कार्कीले सिन्धुपाल्चोकमा नमुना माझी बस्ती पनि निर्माण गरेका छन् ।