
नेपाली सेनाले निर्माण गरिरहेको मैलुङ–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर सडक बुधबारदेखि २५ गतेसम्म खुला गर्न लागिएको हो ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु गाउँका भूकम्पपीडितलाई सदरमुकाम धुन्चेबाट सामग्री ढुवानी गर्न सडक खुला गर्न लागिएको हो ।
घर निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानी गर्न रक्षा मन्त्रालयले अनुमति दिएसँगै मैलुङ र स्याफ्रुबेसीबीचमा पर्ने हाकुबेसीको पुलसम्म मात्र निर्माण सामग्री ढुवानी गर्न पाउने गरी सडक खुला गर्ने निर्णय भएको निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिए ।
सेनाले चैत मसान्तभित्र काम सक्ने गरि सडकको काम गरिरहे पनि १५ दिनपछि मात्रै सडक औपचारिक रुपमा खुल्ला गरिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्