
तेह्रथुम चैत १८ । तेह्रथुममा साना तथा घरेलु व्यवसायमा ३ हजार ३ सय बढी लघुउद्यमी तयार भएका छन् ।
जिल्लामा संचालित लघु उद्यम विकास कार्यक्रम, गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र तत्कालिन जिल्ला विकास समितिअन्तर्गत ३ हजार ३ सय ४८ जना लघु उद्यमी तयार भएका हुन् ।
युवा, गरीब र विपन्न समुदायका मानिसलाई उद्यमशिलता विकाससम्बन्धी ज्ञान प्रदान गरी आयमुलक व्यवसायमा लाग्न प्रेरित गर्दै सीपमूलक तालिम दिइएको छ ।
लघु उद्यम विकास कार्यक्रमले म्याङलुङ्गमा गरेको गोष्ठीमा ढाका कपडा बुनाई, सिलाई-कटाई, तरकारी खेती, दुग्ध प्रशोधन, कृषि औजार, मौरीपालन, बाँसका सामाग्री निर्माणलगायत विषयमा उद्यमी तयार भएको बजार विकास विज्ञ प्रकाश खड्काले बताए ।
तयार भएका उद्यमीमध्ये धेरै महिला छन् । जिल्लामा १० वटा साझा सुविधा केन्द्र, आठ वटा लघु उद्यमी सहकारी प्रवद्र्धन र ३ सय १६ वटा लघु उद्यमी समूह गठन गरिएका छन् ।
उनीहरुले आफुले सिकेको व्यवसायबाट कम्तिमा मासिक १० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्