
सन् २०१२ मा तालिबान लडाकूले गोली प्रहार गरेपछि उनी बेलायतको बर्मिङ्घममा बस्दै आएकी थिइन् ।
मलालाको परिवारको घर रहेको स्वात क्षेत्र लडाकूहरुको बलियो पकडको क्षेत्र हो ।
बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा तालिबान लडाकूले उनलाई गोली हानेका थिए ।
हाल २० वर्षकी मलाला सुरक्षाका कारण गाउँ जाने/नजाने विषयमा चासो हुँदै आएको थियो । मलालालाई लिएर उडेको हेलिकोप्टर उनको घरनजिक ‘ल्यान्ड’ गराइएको थियो ।
उनी बिहीबारमात्र कडा सुरक्षाबीच इस्लामावादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना बाबु–आमासँगै देखिएकी थिइन् ।
लडाकूहरूको दमनकामाझ बालिका शिक्षाकी एक प्रखर अभियानकर्मी मलालामाथि १५ वर्षकी छँदा उनी चढेको स्कुल बसमाथि आक्रमण गरिएको थियो ।
उनले सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जितेकी थिइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्