२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


निर्वाचन शिक्षा प्रभावकारी बनाउन नसकेको स्वीकारोक्ति


0
Shares

काठमाडौंमा निर्वाचन पर्यवेक्षण समितिको निर्वाचन प्रतिवेदन पुस्तक सार्वजनिक गर्दै उनले निर्वाचन आयोगले निर्वाचन शिक्षालाई समय अभावमा प्रभावकारी बनाउन नसकेको स्वीकार गरे ।

विभिन्न पर्यवेक्षक, मतदाता र सरोकारवालाको सल्लाह र सुझावपछि अयोगले निर्वाचनसम्बन्धी कानुनमा छलफल गरी संशोधन गर्ने जानकारी उनले दिए ।

आचारसंहिता पालना गराउन निर्वाचन आयोग नै उदासीन बनेको भन्दै प्रतिवेदनमा मतदाता शिक्षालाई सकेसम्म स्थानीय भाषामा सिकाउनुपर्ने उल्लेख गरिएको छ । दलहरुको अवैधानिक र आचार संहिता विपरितका गतिविधि रोक्न आयोग असफल रहेको निष्कर्ष पनि निकालिएको छ ।

कानून र आचारसंहिता मिच्ने गतिविधिप्रति आँखा चिम्लने प्रवृत्तिले दलहरुले खुलेआम कानूनको दुरुपयोग गरेको कार्यक्रममा सहभागीहरुले उल्लेख गरे ।