२५ असार २०८२, बुधबार | Wed Jul 9 2025


मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपः आज मनाङ मस्र्याङ्दी क्लब र नेपाल प्रहरी भिड्ने


0
Shares

बुटवल, चैत १५ । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताका क्वाटरफाइनलका खेल आज सकिँदैछन् ।

अन्तिम क्वाटरफाइनलमा आज मनाङ मस्र्याङ्दी क्लब र नेपाल प्रहरी भिड्ने छन् ।

उता, थ्रीस्टार क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवलमा जारी प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा हिमालय फुटवल क्लव मलेसियालाई २÷१ ले हराउँदै थ्रीस्टारले सेमिफाइनलको यात्रा तय गरेको हो ।

थ्रीस्टारलाई जिताउन विदेशी खेलाडी लावल र मार्टिनले एक एक गोल गरे । हिमालय फुटवल क्लवबाट तीर्थ बस्नेतले एक गोल गरे ।

प्रतियोगितामा यसअघि मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं र रुपन्देहीको सुनौलो संगम क्लव सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।